धरान : पछिल्लो समयकी चर्चित अनि भाइरल गायिका समीक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ ।
प्राय लोक दोहोरी शैलीका गीतहरूमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समीक्षाका सेन्टिमेन्टल गीतहरू भने कमै सुन्न पाइन्छ । सानै उमेरमा थुप्रै गीतहरूमा स्वर भर्न सफल समीक्षाले हरेक शैलीका गीतहरू गाउन सक्छिन् तर उनका लोक दोहोरी शैलीका गीतहरू अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, सङ्गीतकारहरूले यी शैलीका गीतहरू अलि बढी अफर गर्छन् ।
सानै उमेरमा गाउन सुरु गरे पनि र सङ्गीतको औपचारिक शिक्षा हासिल नगरे पनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत मेरो जस्तो मायालाई पनि समीक्षाले न्याय गरेकी छिन् । दिलको बदला दिल दिएँ , म भन्दा नि , तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतका सङ्गीतकार राज कुमारसँग उनको यो पहिलो सहकार्य हो ।
हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समीक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर , राज कुमारको शब्द सङ्गीत , सञ्जय हमालको अरेञ्जमेन्ट , दिल समर्पणको रेकर्डिङ , चन्द्र चौधरी (अकष्टिक नेपाल)को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाङ्कन तथा स्वयम गीतकार तथा सङ्गीतकार राज कुमारको सम्पादन रहेको छ ।
अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरूले पनि प्रमाणित गरिसकेका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        