चतरा : वराहक्षेत्र २ चतरा स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरा सुनसरीलाई ग्रामीण स्वावलम्बन विकाश केन्द्र काठमाडौँले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।
स्वास्थ्य केन्द्रका व्यवस्थापक डाक्टर अनिल गिरिका अनुसार एक थान माईसक्रोस्कोप, ३ थान पेसेन्ट मनिटर, एक थान सेनीटरी प्याड भेन्डीङ मेसीन उपलब्ध भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतराका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईलाई ग्रामीण स्वावलम्बन विकाश केन्द्रका कार्यकारी निर्देशक शिव प्रसाद वत्सयाल, भण्डार तथा प्रशासन प्रमुख हर्क सुनुवार र सुनसरी फिल्ड म्यानेजर दीपेन्द्र गौतमले संयुक्त रूपमा सो सामाग्री हस्तान्तरण गरेका थिए ।
सोमवार भएको हस्तान्तरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र चतराका प्रमुख डा. अन्जु थापाले स्वागत गरे । सल्लाहकार समिति सदस्य अमर कटवाल , ग्रामीण विकाश केन्द्रका कार्यकारी निर्देशक शिव वत्सयालले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र चतराको विकाश तथा स्तरोउन्नतीमा सहयोगी दाता तथा संस्थाको महत्त्वपूर्ण भूमिका रहेको विषयमा जानकारी गराउँदै आगामी दिनमा समेत साथ सहयोग एवं सहकार्यको अपेक्षा सहित सहयोगी संस्थालाई प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण भट्टराईले धन्यवाद व्यक्त गरे ।
अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन कार्यक्रमको सञ्चालन प्राथमिक स्वास्थ्य केन्द्र चतराका कार्यक्रम सि.अ.हे.व.योगेन्द्र कट्टेलले गरेका थिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        