धरान : लामो समयको अन्तरालमा सङ्गीतको क्रेजी शहरको रूपमा परिचित धरानमा आज साँझ 'टुबोर्ग मेगा लाइभ कन्सर्ट'को आयोजना हुँदैछ ।
चर्चित ब्यान्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्यान्ड सँगै धरानकी हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ। रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङसँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय विश्वकर्मा लगायतका अन्य ब्यान्ड सदस्यहरू 'टुबोर्ग मेगा लाइभ कन्सर्ट'का लागि धरान आइसकेका छन् ।
विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटा-केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबाजी, जति माया लाए पनी लगायतका गीतहरू चर्चित छन् ।
चार वर्ष अघि न्यु इयर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामाङ धरानको प्रत्येक कन्सर्ट विशेष लाग्ने बताउँदै उनले भने 'लामो ग्यापमा हुने कार्यक्रममा आइरहेको छु ,सम्पूर्ण धरान र यस वरपरका दर्शकहरूलाई कन्सर्टमा आएर रमाइलो गर्न सङ्गीतमा रमाउन अनुरोध गर्दछु ।' टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाई स्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
गोर्खा ब्रुअरीको मुख्य प्रयोजन डिभाईन वाइन प्रिमियम, रेडबुल इनर्जी ड्रिङ्क, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट, एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्ट ,एनएचडीडी स्टुडियो र हङकङ खबर डट कमको विशेष सहयोग र हाङ्कुक सारंग रेस्टुरेन्ट, भिन्टेज फेमेली रिसोर्ट, डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा हुनलागेको कन्सर्टको साउण्ड र लाइट सुन्दर साउण्ड सर्भिस धरानको रहेको छ।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        