धरान : कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको 'टुबोर्ग मेगा लाइभ कन्सर्ट' मा चर्चित ब्यान्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरूको प्रस्तुतिले चिसो मौसममा धराने दर्शकहरूलाई तताए ।

धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लगाएर स्टेजमा आएका नेपाल-नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए ।

४ वर्ष पछि धरानको कन्सर्टमा आएका रबिनले भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाए पनि, चिसो चिसो हावा, दम मरो दम लगायतका करिब १ दर्जन गीतहरू गाएर धरानेहरुलाई आफ्नो तालमा नचाए। पुषको जाडो भए पनि हजारौँ दर्शकहरू रबिन एण्ड न्यु रेभुलुसनको गीतमा पुरा मनोरञ्जन लिइएका थिए। रबिन एण्ड न्यु रेभुलुसनबाट गायक रबिन तामाङसँगै प्रविन दास श्रेष्ठ, हरि कृष्ण महर्जन र विजय विश्वकर्मा स्टेजमा ओर्लिएका थिए ।

Megha-Live-1

कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउँदै गायक तामाङले सबैलाई सेप्टीको लागि मास्क, स्यानिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे।

टुबोर्ग मेगा लाइभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरू हिना मल्ल बराइली र दीपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए । गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेनमा पुगेर चर्चामा आएकी गायिका हुन् ।

उनको प्रस्तुतिको पनि दर्शकहरूबाट राम्रो प्रशंसा पाएको थियो । त्यस्तै फ्री बर्ड्स ब्यान्डले समेत गीतहरू गाएको थियो। सुन्दर साउन्ड सर्भिस, धरानको साउन्ड-लाइट रहेको कन्सर्टको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए ।

Megha-Live-2

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कन्सर्ट डिभाईन वाइन प्रिमियम, रेडबुल इनर्जी ड्रिङ्क, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट , एसपी इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट ,एनएचडीडी स्टुडियो र हङकङ खबर डट कमको विशेष सहयोग र हाङ्कुक सारंग रेस्टुरेन्ट, भिन्टेज फेमेली रिसोर्ट, डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा भएको हो ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।

Megha-Live-5 Megha-Live-4