धरान : निकै लामो समय देखि म्युजिकल कन्सर्टहरु हुन छाडेको धरानमा फेरि धमाधम कन्र्सटहरु हुन थालेका छन् ।

भर्खरै धरानको पब्लिक हाई स्कुलको खेलमैदानमा मेगा लाइभ कन्सर्ट सकिए लगत्तै आज धरानको भानुचौकमा क्रिसमस म्युजिक फेस्टिभल हुने भएको छ । आज साँझ ५ बजे देखि सुरु हुने फेस्टिभलमा गायक अनमोल गुरुङ, जुदाह प्लाउज ब्यान्ड सँगै गायिका अफ्रिता खड्गी को प्रस्तुति रहने छ ।

कार्यक्रमलाई महिमा पांडी भट्टराईले होस्ट गर्ने बताइएको छ । कार्यक्रम फ्री टिकट भएकोले पनि अनमोलको फ्यानहरूले पहिलो पटक धरान मा लाइभ कन्सर्टको मजा लिन सक्ने आयोजकले बताएको छ ।

गायक अनमोल गुरुङको नेपालमा पहिलो लाइभ कन्सर्ट भएकोले पनि आयोजक टिमले यस कार्यक्रमलाई महत्त्वको साथ एक महिना देखी तयारी गरेको जानकारी गराइएको छ ।

विजयपुर एफ .एम .को प्रस्तुति साथै ओदान फिल्म्सको ब्यानरमा क्रिसमस म्युजिक फेस्टिभल हुन लागेको हो ।