विराटनगर : सोम्स कलेज विराटनगरले विद्यार्थीहरूलाई व्यावहारिक बैङ्किङ शिक्षा प्रदान गर्ने उद्देश्यले २ दिने विशेष बैङ्किङ कक्षा सञ्चालन गरेको छ।
विषयगत ज्ञानको बारेमा मात्र जानकार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानको पनि आवश्यकता रहेको महसुस गरी सिभिल बैङ्कसँगको सहकार्यमा कक्षा सञ्चालन गरिएको कलेजले जानकारी दिएको छ। विद्यार्थीलाई कलेज परिसरमै बचत तथा चल्ती खाता खोल्ने तरिका, बैङ्क भौचर भर्ने तरिका, एटिएम कार्ड, ओटिपी, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ सेवाको महत्त्वको विषयमा जानकारी गराइएको कलेजले जानकारी दिएको छ ।
समयको गतिसँगै अबको युवाले यी कुरा बुझ्नुपर्ने भए पनि व्यवहारिक शिक्षा नहुँदा यस खालको तालिम आयोजना गरिएको सोम्स कलेजका डाइरेक्टर रोशन घिमिरेले बताए ।
विराटनगरमा बिबिएस अध्यापन हुने कलेजहरूमध्ये छुट्टै पहिचान बोकेको यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएसको साथै विद्यार्थीहरूलाई विगत तिन वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको चाटर्ड एकाउन्टेन्ट विषय पनि अध्यापन गराउँदै आएको छ।
विश्वको १८१ वटा देशमा मान्यता प्राप्त चार्टड एकाउन्टेन जस्तो राम्रो विषयहरूको अध्ययन गर्न अब काठमाडौँ जानु पर्ने बाध्यता हटेको उक्त कलेजका डाइरेक्टर घिमिरेको दाबी छ ।


































































