सुनसरी : सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन लिग फुटबलमा न्यु स्टार क्लब र एलेभेन एरोज क्लब विजयी भएका छन् ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा शनिवार सम्पन्न पहिलो खेलमा न्यु स्टार क्लब वराहक्षेत्रले धरानको गोधुली क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । न्यु स्टारको जितमा खेलको म्यान अफ द म्याच सन्दीप श्रेष्ठले दोस्रो हाफको छैठौं मिनेटमा निर्णायक गोल गरे ।

शनिवार नै सम्पन्न दोस्रो खेलमा दुहबीको एलेभेन एरोज क्लबले दुहबीकै गोल्डेनस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । एलेभेन एरोजको जितमा विशाल राईले पहिलो हाफको ३७ औ मिनेटमा निर्णायक गोल गरे । श्रेष्ठ नै उक्त खेलको म्यानअफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार पाए ।

भोलि आइतबारको पहिलो खेल धरानको ट्याम्के क्लब र धरान फुटबल क्लब बिच हुने र दोस्रो खेल इटहरीको राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।