विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५-५, भोजपुर र उदयपुरमा ४-४, सङ्खुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्बुमा १-१ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रङ्गेली र केराबारीमा ५-५, उर्लाबारी, कटहरी र ग्रामथानमा २-२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १-१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहबीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र वराहक्षेत्रमा २-२, बर्जू र भोक्राहानरसिंहमा १-१, झापाको बिर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३-३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १-१, इलामको चुलाचुलीमा २, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, सङ्खुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा १-१ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।