धरान : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको ५ दिने निःशुल्क “आधारभूत पत्रकारिता तालिम“ बिहीबार सुरु भएको छ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे । अहिलेको बदलिँदो परिस्थिति अनुसार युवाहरूलाई पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको सेन्टरका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार तालिम माघ–१० गतेसम्म सञ्चालन हुनेछ । तालिमको सहजिकरण कोशीपत्र दैनिकका सम्पादक÷महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोहीले गरे ।

तालिममा धरान उप–महानगरपालिका भरिका २० जना युवा–युवतीहरू सहभागी भएका छन् ।