विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना सङ्क्रमण भएको छ। ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३० जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा १६१, बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८-८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४-४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनबर्षी, केराबारी र जहदामा १-१, झापाको बिर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६-६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराह क्षेत्रमा ४, रामधुनी, बर्जू र गढीमा ३-३, धरान, दुहबी, देवानगञ्ज र भोक्राहानरसिंहमा २-२, हरिनगर, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १-१, खोटाङको बराहपोखरी र दिप्रुङमा १-१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेह्रथुमको मेन्छयायम र भोजपुरको भोजपुर नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ३० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज २१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र १२० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।