धरान : नेपाल जनस्वास्थ्य सङ्घ प्रदेश १ मा सागर प्रसाईँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

आज विराटनगरमा सम्पन्न भएको भेलाले अध्यक्षमा सागर प्रसाईँ, उपाध्यक्षमा ब्रजेशकुमार मेहेता, सचिवमा सूर्यनारायण चौधरी, सह सचिवमा प्रवीण यादव, कोषाध्यक्षमा देवेन्द्र भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा क्रमशः सङ्गीता अधिकारी (समावेशी), लभी शाक्य (समावेशी), कृष्णप्रसाद बजगाईँ, राजेन्द्र कुइँकेल, गजेन्द्रप्रसाद यादव र धिरेन्द्र खडका सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीको पदावधि दुई वर्षको हुने बताइएको छ ।