चतरा : सुनसरीको वराहक्षेत्रमा रहेको चक्रघट्टिको जेसीजको ९ औँ शाखा अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा दिवस विष्ट सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनले दिवस विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले कार्यकारी वरिष्ठ उपाध्यक्षमा लोमश दाहाल, कार्यकारिणी उपाध्यक्षमा दीपक रौनियार र तेजबहादुर पुरीलाई निर्वाचित गरेको छ। उपाध्यक्षमा मौसम न्यौपाने, अर्जुन तामाङ शिशिर, रमेश बस्नेत र रवि शासंकर निर्वाचित गरेको निर्वाचन संयोजक मञ्च आचार्यले बताइन् । त्यस्तै गरी सोमवार राति अबेर सम्पन्न अधिवेशनले जनसम्पर्क अधिकारीमा फुर्बालाल तामाङलाई निर्वाचित गरेको थियो ।

बाँकी महासचिव, सचिव र कोषाध्यक्ष सहित सदस्य जेसीजको विधान अनुसार पछि मनोनीत गरिने छ । चक्रघट्टिमा जेसीज सन २०१३ मा संस्थापना भएको थियो। हाल ९३ जना सदस्य रहेको चक्रघट्टि जेसीजको संस्थापक अध्यक्ष निश्चल बस्नेत रहेका थिए। त्यस पछि क्रमशः रमेश कार्की, दिनेश पोखरेल, कमलनाथ दाहाल, देवकुमार चौधरी, मञ्जु आचार्य, सन्तोष चौलागाई र तीर्थराज भट्टराईले चक्रघट्टि जेसीजको नेतृत्व गरी सकेका छन् ।