धरान : देशकै नमुनाको रूपमा रहेको उदय सामुदायिक बन उपभोक्ता समूहमा रहेको काठको कर्भडहल मर्मत सम्भारका लागि धरान १७ चतरा मार्ग निवासी पेशल थापाले बिस हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

थापाले शनिवार उदय वनका अध्यक्ष एवं कर्भड हल मर्मत सम्भारका लागि आर्थिक सङ्कलन समितिका संयोजक जसकुमार राई, कोषाध्यक्ष मनोज विष्ट र सदस्य रमेशचक्र खडकाको हातमा सहयोग रकम हस्तान्तरण गरेका थिए । वैदेशिक रोजगारीमा रहेको थापा छुट्टीमा  घर आएका हुन ।

करिब १० वर्ष अगाडि सामुदायिक वनले सखुवाको काठको प्रयोग गरेर कभर्डहल तथा सभा हल निर्माण गरेको हो । लामो समय मर्मत सम्भार नभएको कारण हल जीर्ण बन्दै गएपछि वन उपभोक्ता समितिले मर्मत सम्भारका लागि समिति नै बनाएर आर्थिक सङ्कलन कार्य सुरु गरेको हो ।

मर्मत सम्भारका लागि करिब ५ लाख रुपैयाँ लाग्ने भएपछि धरान १७ न. वडामा रहेको सङ्घसंस्था, व्यवसायी तथा व्यक्ति विशेषहरूबाट सहयोग सङ्कलन सुरु गरिएको कोषाध्यक्ष मनोज विष्टले जनाए । उनका अनुसार हाल सम्म नगद एक लाख रुपैयाँ र ६० लिटर रङ्ग सहयोग सङ्कलन भइसकेको छ ।

उपभोक्ता समितिले वनलाई खेलकुद पर्या पर्यटनमा परिमार्जन गरी थप नमुना उपभोक्ता वन बनाउने योजनामा रहको अध्यक्ष जसकुमार राईले बताएका छन् । वनमा हाल खेलाडीहरू इनडोर ब्याडमिन्टन, कराँते, बाहिर खुला मैदानमा टेबल टेनिस र भलिबल खेल्दै आएको छ । चाडै नै थप बास्केटबल खेल, सेपाकटेक्रो, खुला चेस, एक्सरसाइजका लागि जगिङ गर्ने ट्र्याक लगायत निर्माण गर्ने योजना रहेको अध्यक्ष वताउछन ।