धरान : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि नेकपा एमाले धरानले आइतबार मेयरमा ११ जना र उपमेयरमा ६ जना आकांक्षीहरूको नाम सिफारिस गरेको छ।
नेकपा एमाले धरान नगर कमिटीको तेस्रो पूर्ण बैठकले मेयर र उपमेयरका आकंक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको नेकपा एमाले धरान नगर कमिटीका सचिव सुदेश चापागाईँले बताए ।
मेयरमा पूर्व नगर प्रमुख मनोजकुमार मन्याङ्बो,बहालवाला उपमेयर मञ्जु भण्डारी सुबेदी, विजयकुमार राई, मोतीराज सुनुवार, किशोरकुमार कार्की, मीनकुमार सुब्बा, नारायण प्रसाद सुबेदी, राजमणि निरौला, तीर्थ मास्के, दोर्पध्वज राई र प्रकाश राईको नाम सिफारिस गरेको छ।
यसैगरी उपमेयरका लागि ६ जनाको नाम सिफारिस भएको छ । जसमा सविता चाम्लिङ राई, सुशीला पहाडी, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, इन्द्रकला राई र लीला राईको नाम सिफारिस भएको छ ।
नेकपा एमाले धरान नगर कमिटीले मेयर र उपमेयरका आकंक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेर जिल्लाले चैत्र ३० गते सम्ममा प्रदेश र केन्द्रमा आकंक्षीहरुको नाम सिफारिस गरेर पठाउने र वैशाखको पहिलो साता सम्ममा उम्मेदवार तोकिने बताइएको छ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































