चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले सामुदायिक विद्यालयको छड्के चेक गर्न सुरु गरेका छन् । 

मेयर कार्की विद्यालयमा पुगेर बिद्यार्थीहरुसंग शिक्षकहरूको जानकारी, हाजिर पुस्तिकाको निरीक्षण, बिद्यालयहरुसंग अन्तरक्रिया गर्न थालेका हुन् ।

मङ्गलवार कोसी पारि श्रीलङ्का टपु पुगेका मेयर कार्कीले जनता आधारभूत , बाल शिक्षा आधारभूत विद्यालयको शैक्षिक अवस्था , भौतिक अवस्था र विद्यालयको सिकाई , अभ्यास र पाठ्यपुस्तकको जानकारी लिएका थिए । 

उत्कृष्ट , असल शिक्षकलाई पुरस्कार र अल्छी शिक्षकलाई दण्ड गर्ने योजना सहित विद्यालयको निरीक्षण सुरु गरेको नगर प्रमुख कार्कीले बताए । बिद्यार्थीहरुलाई अब्बल बनाउने कार्यमा लागि पर्ने शिक्षक र विद्यालयको प्रशासनलाई  नगर प्रमुख कार्कीले निर्देशन दिएका थिए । 

नगर शिक्षा समितिका संयोजक समेत रहेका नगर प्रमुख कार्कीले नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीय बढाउन अभियानका साथ नगरपालिका लागि पर्ने नगर प्रमुख कार्कीले बताए ।