• रश्मि प्रधान
धरान : धरान सेकेण्डरी स्कुल (धरान उच्च)ले हिसान बास्केटबलमा उपाधि हात पार्न सफल खेलाडीहरूलाई एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ।
हिसान सुनसरीद्वारा आयोजित खेलकुद अन्तर्गतको छात्रा तर्फको बास्केटबलको उपाधि विजेता कलेजका छात्रा खेलाडीहरूलाई कलेजले सम्मान गरेको हो ।
शनिवार सम्पन्न फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुललाई हराउँदै धरान उच्चले सो उपाधि हात पार्न सफल वनेको थियो ।
उच्चको टिमले फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुललाई २१-११ अङ्कले पराजित गरेको थियो । सो खेलमा धरान उच्चकी टिम क्याप्टेन सन्ध्या राईलाई उच्च अङ्ककर्ता र उत्कृष्ट खेलाडीको पुरस्कार समेत हात पार्न सफल वनेकी थिइन। 
खेलमा सन्ध्या राई क्याप्टेन, पूर्णिमा लिम्बु, देवीका गहतराज, निर्जला भुजेल, सविना राई, इक्सा लावती, प्रियङ्का तामाङ, विन्दु राई, सदिक्षा मगर र सरला राई खेलाडीको रूपमा रहेका थिए ।
खेलाडीहरूलाई हौसला प्रदान गर उत्साहित गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको धरान उच्चका सहायक प्राचार्य सुरेश घिमिरेले जानकारी दिए ।
कार्यक्रममा सम्पूर्ण खेलाडी, क्याप्टेन, प्रशिक्षक नवीन राई, अफिसियल सुरेश घिमिरे लगायतलाई बधाई ज्ञापन गरिएको थियो ।
कलेजका अध्यक्ष शिव नारायण शाहको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा धरान उच्चका प्रिन्सिपल चित्र प्रसाद ढुङ्गेल, सहायक प्रिन्सिपल अनिशेस बास्तोला, वीरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल ताराबहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।