वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर परिसरमा रहेको प्राचीन महत्त्व बोकेको जुद्ध धाराको संरक्षणमा गरिने भएको छ। धाराको संरक्षण र सुन्दर बनाउनकालागी वराहक्षेत्रका मेयर रमेश कार्कीले तत्काल सरसफाइ र वरपर ढलान गर्न सामाग्री समेत उपलब्ध गराएका छन् ।
धाम परिसरको शनि मन्दिर नजिक सप्तकोसी नदिको छेउमा रहेको धारामा जरुवाको पानी आउने गर्दछ ।
वराहक्षेत्र मन्दिरको इतिहाससँग जोडिएको उक्त धारालाई सुन्दर र संरक्षण बनाउन स्थानीय सङ्घ, संस्था र धार्मिक व्यक्तिहरूको सहयोगमा नगरपालिका काम गर्ने मेयर कार्की बताए ।
शिला लेखमा भेटिएको प्रमाण अनुसार राणाकालीन ७ औ प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले १९९४ सालमा धारा निर्माण गरेका थिए । उक्त धारा वराहक्षेत्र मन्दिर क्षेत्रको पहिलो धारा पनि हो ।
कुनै पाइप नराखी जरुवाको पानीलाई वराहक्षेत्रवासी र भक्तजनहरूलाई पिलाउन जुद्ध शमशेरले उक्त धारा निर्माण गरेको प्रमाणहरू रहेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरे बताउँछन् ।