वराहक्षेत्र : धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य सहित वराहक्षेत्र नगरपालिकाले चैते धान प्रवर्धन कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले कृषि विकास शाखा मार्फत कृषकलाई धान खेती हुने जमिनमा सिचाइको उपकरण र बीउ बिजन कृषकलाई अनुदानको रूपमा उपलब्ध गराएको छ ।
वराहक्षेत्र ३ र ५ लाई केन्द्रित गरेर नगरपालिकाले चैते धान प्रवर्धन कार्यक्रमको योजना बढाएको थियो । नडाहा, केचुवाई र खर्दिय क्षेत्रमा हिउँदको समयमा बाँझो हुने खेतमा सिचाई को व्यवस्थापन गरेर कृषकलाई धान खेतीमा नगरपालिकाले प्रोत्साहन गरेको हो।
अनुदानमा सिचाई गर्ने बोरिङ, बिउ र पाइप नगरपालिकाले किसानलाई दिएको कृषि विकास शाखाका प्रमुख तुलसा लिम्बुले जानकारी दिइन् ।
नगरपालिकालाई धानमा आत्मनिर्भर बनाउन बाली विकास तथा जैविक विविधता केन्द्रको धान वालि प्रर्बधन कार्यक्रम अन्तरगत चैते धानवालीको क्षेत्रफल बिस्तार गरी धानको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याएको प्रमुख लिम्बुले बताइन् ।
नगरपालिकाबाट धान उत्पादनको लागि प्राप्त गरेको सिचाई को योजनाबाट किसानलाई राहत भएको हर्दियाका कृषक काजीमान राउतले बताए । नगरपालिकाबाट प्राप्त भएको अनुदानले अन्य खेती गर्न समेत सहयोग पुग्ने राउतले बताए ।
हिउँदको समयमा बाँझो रहने जमिनमा नगरपालिकाको अनुदानबाट प्राप्त सिचाई को कार्यक्रमले चैते धान लगाएको कृषक रामेश्वर मण्डल बताउँछन् । पहिलो पटक नगरपालिकाबाट अनुदान पाएको र कृषक समूहबाट उक्त अनुदानबाट प्राप्त बोरिङ चलाएको उनले बताए ।
BAraha dhan 2