धरान : बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा हुने दोस्रो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल  प्रतियोगिताको भदो २५ देखि हुने भएको छ ।

प्रतियोगिताको फाइनल खेल थ्री पोईन्ट कम्पिटिशन हुनेछ । प्रतियोगितामा धरान र आसपासका विद्यालयबाट १२ वटा टिमले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगितामा १२ कक्षासम्मका विद्यार्थी खेलाडीले सहभागी हुनेछन्  । भने एक टिममा १० कक्षासम्मका ६ जना गरी अनिवार्य ११ र १२ कक्षाका ६ जना खेलाडीको सहभागिता अनिवार्य गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपया सहित ट्रफी, मेडल  प्राप्त गर्ने छन् । दोस्रो हुनेले नगद १० हजार ५ सय, ट्रफी, मेडल  प्राप्त गर्नेछन् । 

प्रतियोगितामा मोस्ट भ्यालुएवल प्लेयरले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट स्कोरर र उदयमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

थ्री पोईन्ट कम्पिटिसनमा हुने प्रतियोगिताको पहिलो चरण कम्पिटिसनका सहभागी खेलाडीले १ मिनट थ्री पोईन्ट सट गर्ने छन् ।

फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा  जसले बढी पोईन्ट गर्छ उ पोईन्ट च्याम्पियन घोषित हुने धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले बताए ।

थ्री पोईन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गर्ने अध्यक्ष लिम्बुले बताए ।

गत वर्ष भएको मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिको  विजेता धरान मेघा थियो भने उपविजेता एम्स कलेज भएको थियो ।

धरान १८ निवासीका स्व.रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता सुरु गरिएको हो । दिवंगत राईको २०७७ माघ २० गते १६ वर्षको उमेरमा असामयिकको निधन भएको थियो ।

दश कक्षाका छात्र  रेवाहाङ राईको असामयिक निधनपछि  बुबा रेवतीरमण राई र आमा सुजता राईले उनको स्मृतिमा अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन ।

अक्षयकोषमा दुई लाख रुपैयाँ रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।