धरान : मोरङको केराबारीमा सोमवार कवि प्रकाश दिप्साली राईको एकल कविता वाचनमा उनलाई साहित्यको क्षेत्रमा योगदान पुराए बापत सम्मान गरिएको छ ।

कवि दिप्सालीलाई साबिक याङशिलामा रहेर साहित्य लेखन सुरु गरी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औ कविता महोत्सवमा उत्कृष्ट १० बनेकामा साहित्य क्षेत्रमा योगदान गरे बापत सम्मान गरिएको हो ।

सोही अवसरमा शिक्षा र खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराए बापत मरणोपरान्त स्वर्गीय जित बहादुर राई (जेबि राई) सम्मान गरियो । खानेपानी तथा विद्यालय व्यवस्थापन र गाउँपालिका  क्षेत्रमा योगदान पुराए बापत मोहनसिंह लिम्बुलाई सम्मानित गरिएको छ ।

कार्यक्रम क्रिएटीभ ग्रुप केराबारीको आयोजना याङशिला पुस्तकालयको सहकार्यमा वडा ५ कार्यालय केराबारीको सहयोगमा आयोजना भएको हो । सम्मान तथा रचना वाचन केराबारी-५ प्रगति चौक सतिसाले नमुना कक्चर सिकाई थलोको प्रङगणमा भएका थियो ।

कार्यक्रममा सनम तामाङले स्थानिय प्रतिभा उजागर गर्दै कला साहित्य तथा हराउँदै गएको रचना क्षेत्रलाई नयाँ गति दिन कार्यक्रम आयोजना गरिएको बताए । अग्रजहरूले गरेको योगदानको कदर गर्दे दोस्रो पीढीलाई मार्ग निर्देशन दिन कार्यक्रम उत्प्रेरक हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार तथा कवि प्रकाश दिप्साली राईको एकल कविता वाचन तथा स्थानीय रचना वाचनका साथै गायन पनि प्रस्तुत भएको थियो ।

प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले अव आउने बजेटमा साहित्य तथा कला क्षेत्रमा बजेट छुट्ट्याउने बताए । उनले साहित्य तथा कला क्षेत्रमा रुचि राख्ने नयाँ तथा पुराना पीढीका कला, साहित्य तथा रचनालाई उजागर गर्ने बताए ।

कार्यक्रमको सभापतित्व सतिसाले क्रिएटीभ ग्रुप केराबारीकी सभापति समीक्षा राईले गरेको थिइन । कार्यक्रममा स्थानिय शिक्ष वासुदेव पौडेल, समाजसेवी दोर्पध्वज राई र पूर्व जनप्रतिनिधि टेक बहादुर लिम्बुले शुभकामना मन्तव्य दिएका थिए । विशेष अतिथिहरू वडा ५ का अध्यक्ष अजय लिम्बु, शिक्षा शाखा प्रमुख अर्जुन घिमिरे लगायत थिए ।