धरान : सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ ।

नदी, तलाउका किनारमा बनाइएका छठ घाटमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि धरानको सेउती खोला, सर्दु खोला, इटहरीको बुढी गङ्गा, विराटनगरको सिंघीया खोला सहित विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए । आइतबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

काठमाडौँमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

यस्तै जनकपुरका ऐतिहासिक गङ्गा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउ सहित दुई दर्जनभन्दा बढी पोखरीमा व्रतालुहरूको घुइँचो लागेको थियो । यसैगरी तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरूमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।

KapuriNews-chhat-bihansunrise-chhatchhat-sunrise-puja-2