धरान : डिपो स्कुलको मैदानमा जारी ललित अम्बर डिपो कप फुटबल प्रतियोगितामा शनिवार ३ खेलको प्रतिस्पर्धामा देउराली चिल्ड्रेन एकेडेमी, पुलिस स्कुल र मेरिल्यान्ड स्कुल विजयी भएका छन् ।

दोस्रो दिनको पहिलो खेलमा देउराली चिल्ड्रेन र  मर्निङ स्टार कालाबञ्जार भिडन्त भएको थियो । उक्त खेलमा देउराली चिल्ड्रेनले मर्निङ स्टार कालाबन्जारलाई ३-१ गोलले पराजित गर्‍यो ।

दोस्रो खेलमा पुलिस स्कुलले कार्मेललाइ २-० गोलले पराजित गर्‍यो । तेस्रो खेलमा मेरिल्याण्डले हिबिकस स्कुललाई १-० गोलले पराजित गर्दै अगाडि बढेको छ ।

डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको डिपो कपमा शनिवार भएको पहिलो खेलमा देउराली स्कुलका युसन राई, उज्ज्वल घटानी र यन्जन राईले गोल गरे । मर्निङ स्टारको तर्फबाट जीवन विष्टले गोल गरे ।

दोस्रो खेलमा पुलिसका रोवर्ट नाल्बो र नोयङ राईले गोल गरे । तेस्रो खेलमा मेरिल्याण्डका नामसाङ लिम्बुले गोल गरे ।

शनिवारको खेलमा मर्निङ स्टारका आयुस राना मगर, कार्मेलका युजिन गुरुङ र हिबिकसका सृजन खवास म्यान अफ द म्याच घोषित भए । उनीहरूलाई डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

भोली आइतबारको खेलमा एक्वा स्कुल र माउन्ट हर्मन, प्रभात र बराह राइजिङ, दिल्ली पब्लिक र विष्णु मेमोरियल र अन्तिम खेल लर्ड बुद्ध र समिट स्कुल बिच प्रतिस्पर्धा हुने आयोजक डिपो स्कुलले जनाएको छ।

Depot cup KapuriNews3