धरान : चीनमा शक्तिशाली भूकम्प जाँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

उत्तर पश्चिम प्रान्त कान्सुको प्रान्तीय राजधानी लाउचउबाट ९५ किलोमिटर टाढा केन्द्रबिन्दु रहेको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर अहिलेसम्म १११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्  ।

भूकम्पमा परी सयौँ घाइते भएका छन् । रातीको समयमा भूकम्प गएकाले क्षतिको विवरण आउन ढिला भएको जनाइएको छ ।

भूकम्पको धक्का निकै टाढासम्म महसुस गरिएको थियो । भूकम्पबाट निजी तथा सार्वजनिक थुप्रै भवनहरू भत्किएको र अन्य भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको तीव्रता ५ दशमलव ९ रेक्टर स्केल भने पनि चिनियाँ अधिकारीहरूले ६ दशमलव २ रेक्टर स्केल भनेका छन् । भूकम्प जमिनको सतहभन्दा करिब ९ किलोमिटर तल रहेको जनाइएको छ । भग्नावशेषमा च्यापिएकाहरूको उद्धार गर्न आपत्कालीन टोली परिचालन गरिएको छ ।

china-resque