धरान : प्रसिद्ध फ्रान्सेली कस्मेटिक ब्राण्ड लोरियलकी उत्तराधिकारी फ्रैकोइनस बेटेनकोर्ट मेंयर्स १०० अर्ब डलर सम्पत्ति आर्जन गर्ने संसारको पहिलो महिला बनेकी छन् । ब्लुमबर्ग बिलियर्स ईण्डेक्स रेकर्ड अनुसार ७० वर्षीया बेटेनकोर्टको कुल सम्पत्ति १०० यही साता अर्ब डलर नाघेको छ ।

बिहीबार पेरिसको शेयर बजारमा लोरियलको शेयरले नयाँ उछाल आएपछि एकाएक उनी विश्वेमा १०० अर्ब डलर कमाउने पहिलो महिला बनेकी हुन । शेयर बजारमा नयाँ रेकर्ड कायम गरेसँगै कोरोना महामारीपछि कम्पनीको विक्री अत्यधिक बिक्री पनि बढेको छ ।

फ्रान्सको सौन्दर्य प्रसाधन कम्पनी फ्रैकोइनस बेटेनकोर्ट मेंयर्सको हजुर’बाले गरेको थियो । उनी पछि उनकी आमा लिलियन बेटेनकोर्टले कम्पनी सञ्चालन गरिन् । आमा लिलियनको २०१७ मा निधन भयो । त्यसपछि हजुर’बाले सुरु गरेको कम्पनीको उत्तराधिकारी नातिनी फ्रैकोइनस बेटेनकोर्ट मेयर्स घोषित भइन् ।

बेटेनकोर्ट मेंयर्स लिलियनकी एक मात्र छोरी हुन् । यसअघि उनी कम्पनीको बोर्डको उपाध्यक्ष थिइन् । कम्पनीमा उनी र उनको परिवारको सबै भन्दा बढी ३५ प्रतिशत शेयर छ । आमा लिलियनसंग छोरी मेयर्सका विवाद पनि चर्चामा आएको थियो । लिलियन फ्रान्सको धनी महिलामा गनिन्थिन ।

यद्यपि कम्पनी कारोबारको हिसाबले फ्रान्सको बर्नार्ड अरनाँलट भन्दा लोरियल पछाडि नै छ । अरनाँलटको कुला सम्पत्ति १७९ अर्ब डलर छ । अरनाँलट दुनियाँको सबै भन्दा ठुलो लक्जरी वस्तु उत्पादक समूह एलवीएमएचको संस्थापक कम्पनी हो ।  

श्रोत : बीबीसी