धरान : जापानमा सोमवार गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या मङ्गलवार बिहान सम्म ८ जना पुगेको छ ।

भूकम्पको केन्द्री विन्दु मानिएको जापानको इशिवाका सहरमा उक्त सङ्ख्यामा मानिसको मृत्यु भएको हो । सन् २०२४ नयाँ वर्ष मनाउन चहल पहल बढेको बेला भूकम्प गएको हो ।

भूकम्पले सयौँ भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौँ मानिस प्रभावित भएको बिबिसीले जनाएको छ । भूकम्प लगत्तै जापानमा सुनामी आउने चेतावनी दिएको छ । नदी किनाराको क्षेत्र खाली गर्न सर्वसाधारणलाई आव्हान गरिएको छ ।

जापानको प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित सर्वसाधारणलाई आश्वस्त गर्न सङ्कटमा परेकाहरूलाई उद्धार गर्न चाँडो भन्दा चाँडो उद्धार टोली पुग्ने बताएका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्र सम्म पुग्न सडकहरू सबै भत्किएकोले आत्मरक्षा बललाई ठुलो चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गरेका छन् । मानिसहरू ढलेका भवनहरूमा फसेका छन्, उनीहरूलाई तत्काल बचाउनु जरुरी भएको बताएका छन् ।

भूकम्प लगत्तै देखी जापानमा सङ्कटकालीन उद्धार अभियान जारी छ । भत्किएका भवनहरूमा परेका जीवित मानिसहरू बचाउने प्रयास जारी रहेको बताइएको छ ।

japan earthquake 2