धरान : संसारको जुनसुकै ठाउँमा हुने युद्ध, लडाइको आर्थिक, राजनीतिक प्रभावबाट नेपाल जस्तो पछौटे मुलुक प्रभावित नभई रहन्न । छिमेकी मुलुक बिच हतियारको होडले पनि नकारात्मक असर पर्न सक्छ ।

भारत-पाकिस्तान बिच सुषुप्त रहेको हतियारको होड हालै पाकिस्तानले एकै साथ धेरै मिसाइल प्रहार गर्ने रकेटको परीक्षण गरेपछि दुई मुलुक बिचको हतियारको होड विश्वमा चर्चाको विषय बनेको छ ।

२०२४ नयाँ वर्षको चार दिन अघि मात्र २७ डिसेम्बरमा पाकिस्तानले ‘फतह-२’ नामक एकै साथ धेरै मिसाइल प्रहार गर्ने रकेटको सफल परीक्षण गरेको बिबिसीले जनाएको छ ।

पाकिस्तान सेनाको जनसम्पर्क विभाग आइएसपीअरका अनुसार ४०० किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने र ताकेको निशानामा मिसाइल हान्न सक्ने यसको क्षमता भएको बताइएको छ । यसअघि पाकिस्तानले २४ अगस्ट २०२१ मा स्थानिय स्तरमा ‘फतह-१’ को परीक्षण गरेको थियो ।

फतह-२ भने उच्चतम प्रविधिको भएको बताइएको छ । यसमा मिसाइल प्रणालीको उडान आधुनिक क्षमता र लक्ष्यमा प्रहार गर्ने अदभूत प्रविधि जडान गरिएको छ । आइएसपीआरका अनुसार यसमा सेटेलाइट प्रणालीसँग जोडिएर मिसाइललाई हावाको गतिमा उडान गराउने प्रभावशाली क्षमता छ ।

सैनिक हतियार तथा सामाग्रीका विशेषज्ञहरूका अनुसार ‘फतह-२’ ‘फ्लाइट लक्जरी भेहिकल’ पनि हो । यसको अर्थ यो रकेटलाई कुनै पनि उड्डयन नियन्त्रण कक्ष कन्ट्रोल रुमको राडरमा देख्न सकिँदैन ।