धरान : वीरेन्द्र मेमोरीयल कलेजको आज बिहीबार बिहान भएको दौड प्रतियोगितामा छात्रतर्फ अनिश राई र छात्रातर्फ दिपा घिमिरे प्रथम भएकी छन् ।

कलेजको खेलकुद सप्ताहको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा द्वितीय स्थान छात्रतर्फ भिमप्रसाद राईले हासिल गरे । छात्रातर्फ स्वेता निरौला द्वितीय भइन् ।

शिक्षक कर्मचारीतर्फ प्रविन संगौला र लाक्पा दिकी शेर्पा प्रथम र द्वितीय भए । प्रतियोगितामा ६० जना सहभागी थिए ।

कार्यक्रममा प्रिन्सिपल तारा बहादुर निरौला, इन्चार्ज सुनिल भगत र विभागीय प्रमुख मुकेश साह लगायतको उपस्थिति थियो ।

birendra memorial college 2