धरान : गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज शनिवार भएको २४ औँ संस्करणको उद्घाटन खेलमा धरान वडा नं.५ धरान वडा नं.७ लाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

खेलमा वडा ५ का आन्ना चोङहाङ लिम्बु खेलको १२ र ३८ औ मिनेटमा २ गोल गर्न सफल भए । यसैगरी मिजास आङबुहाङ्गले खेलको दोस्रो हाफको ३३ औ मिनेटमा १ गोल गरे । मन्दिप राईले ३७ मिनेट अर्को गोल थपे । उक्त गोल नै खेलको अन्तिम गोल बन्यो । प्रतियोगितामा वडा ७ ले खेलको अन्तिम समय सम्म कुनै गोल गर्न सकेन ।

खेलको म्यान अफ द म्याच वडा ५ का आन्रा चोङहाङ्ग लिम्बू घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद १५ सय रुपैयाँको चेक सहित जीएफएफ रेस्टुरेन्ट पुतली लाइनको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्रदान गरियो ।

यसअघि प्रमुख अतिथि धरान-१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज गोधुली टेस्टी टेस्टी नुडल्स फुटबल रनिङ कपको उद्घाटन गरेको थिए । उक्त अवसरमा उनले भने ‘धरान उपमहानगरपालिकाको नेतृत्वले फुटबल २२ जनाले एउटा बलमा झगडा गर्ने खेल हो भन्ने नबुझेको बताए ।’ त्यस्तो नेतृत्वले फुटबल खेलको महत्त्व र दूरगामी प्रभाव पनि बुझ्न नसक्ने उनको भनाई थियो ।

वडाध्यक्ष भट्टराईले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहका धरानको २ वटा फुटबल प्रतियोगिताको महत्वलाई स्थानीय सरकार नेतृत्वले नबुझेकाले आम जनताले बुझाउन आवश्यक भएको बताए ।

कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले फुटबलको विकास वृत्ति र प्रवर्द्धन गर्न स्थानीय सरकार धरान उपमहानगरपालिका तयार नभएको बताए । उनले फुटबल खेलबाट धरानले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती कमाएको बताउँदै भने ‘देश विदेशमा खेल्ने खेलाडी उत्पादन गरेको फुटबलको निरन्तरताका लागि उपमहानगरपालिकाले भिजन बनाउन सकेको छैन ।’

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

विजेता तथा उपविजेता दुवै टिमको पुरस्कार रकममा धरान-१८ का वडाध्यक्ष प्रवीणकुमार राईले बाबा आमाको नाममा नगद २५/२५ हजार पुरस्कार प्रदान गर्ने भएका छन् ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरलाई १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरलाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ ।

प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई समापनमा सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । धरान रंगशालमा सुरु भएको प्रतियोगिता माघ १३ देखि २७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा धरानका २० वटै वडाका टिमहरू सहभागी छन् । प्रतियोगिताको आयोजना गोधुली क्लबले गरेको हो । प्रतियोगितालाई टेस्टी टेस्टी नुडल्सले मुख्य प्रायोजन गरेको छ । धरान-१७ वडा कार्यालय, धरान १७ समाज हङकङ र सेन्ट जोसेफ स्कुलले सह-प्रायोजन गरेको छ ।

Godhuli cup Day2