धरान : अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएको सिमाक्षेत्रमा शनिवार हवाई हमला गर्दा १६ जनाको मृत्यु भएको छ । हमलामा २५ जना घाइते भएका छन् ।

सिरिया र इराकमा जोडिएको इरानको आईआरजीसी इस्लामिक रेभ्युलेशनरी गार्ड काप्र्स सम्बद्ध मिलिसिया समूहको ७ स्थानमा ६५ ठाउँलाई लक्षित गरी हवाई आक्रमण गरिएको बताइएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले उक्त हमला इरानको आइआरजीसी ‘कुर्द फोर्स’का मिलिसिया समूह लक्षित भएको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्री लाँएड आस्टिनद्वारा जारी एक वक्तव्यमा आक्रमण गरिएका ठाउँहरू आईआरजीसीले अमेरिकी सैनिक माथि हमला गर्ने ठाउँहरू भएको उल्लेख छ ।

बिबिसीको समाचार अनुसार हमला अमेरिकी राष्ट्रपति जो वाइडनको ‘कारवाई’ गर्ने आदेश अनुसार भएको वक्तव्यमा उल्लेख छ ।

अमेरिकी हमला गत: आइतबार जोर्डन स्थित अमेरिकी सैनिक अड्डामा आईआरजीसीले गरेको ड्रोन आक्रमणको जवाबी कारवाई भएको अमेरिकाले जनाएको छ ।

गत साता अमेरिकी सैनिक अड्डा २२ मा एक ड्रोन आक्रमण हुँदा ३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

उक्त घट्नामा अमेरिकाले लगाएको आरोप निराधार भएको बताउँदै इरानले ‘प्रतिरोध गर्ने समूहको कारवाईमा इरान संलग्न नभएको’ बताएको थियो । अमेरिकी हवाई हमलाका बारेमा भने इरानको कुनै प्रतिक्रिया आएको छैन ।

अमेरिकाले उक्त हमला ३० मिनेट भित्र गरिसकेको बताइएको छ । सैनिक जनरल डगलस सिम्सले हमलामा लामो दुरी उडान गर्ने बी-१ बमवर्षक लडाकु विमान प्रयोग गरिएको थियो ।

हमलामा १२५ हतियार प्रयोग गरिएको बताउँदै जनरल डगलसले ‘अमेरिकाबाट उड्यो आकाशमा इन्धन भर्‍यो र हमला गरी सुरक्षित फर्कियो’ भनेको बिबिसीले समाचारमा उद्धृत गरेको छ ।