धरान : साबिक पाँचकन्या गाविस हाल धरान-६ को पुरानो सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालयले अभिभावकाहरु सँग बुधवार ६५ औँ वार्षिकोत्सव मनाएको छ ।

पछिल्लो समय संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्दै विद्यालयले कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।

कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत प्रमुख अतिथि रहेको वार्षिकोत्सवमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, धरान-६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई, कार्यपालिका सदस्य दिनेश गजमेर, पूर्व वडाध्यक्ष भुवनसिंह बस्नेत सहितको उपस्थिति थियो ।

उक्त अवसरमा कक्षा १ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।

वार्षिकोत्सवमा आयोजित खेलकुद प्रतियोगिताका विद्यार्थी पुरस्कृत गरियो । वडाध्यक्ष भूपेन्द्र भट्टराई, वडासदस्यहरुले विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरे ।

प्रधानाध्यापक गङ्गा प्रसाद धमलाले शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरे । लेखापाल चित्र काफ्लेले विद्यालयको आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरे।

व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवालको सभापतित्वमा भएको कार्यक्रममा सह प्रधानाध्यापक होमनाथ दाहालले पठनपाठन सम्बन्धी जानकारी दिएका थिए ।

panbari-school-65th