धरान : नेपाल तामाङ घेदुङ धरानको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवमा आज बिहीबार साँझ ज्योति मगरले हङ्गामा पूर्ण साङ्गीतिक प्रस्तुति दिने भएकी छन् ।

धरान-१२ पब्लिक स्कुलको मैदानमा माग २७ देखी महोत्सव चलिरहेको छ ।

चर्चित गायिका ज्योति मगरले हेर्ने होर देखाई दिम, झुम झुम, उहीँ मुलाको चाना, दुम्सी काढे जुँगा जस्ता गीत प्रस्तुत गर्दै धम्मेकार हंगामा मच्चाउन संयोजक दीपक घिसिङले बताए ।

उत्सवमा शुक्रवार चर्चित गायक सविन राईको एन्ड द फराह ब्याण्डूको प्रस्तुति हुनेछ । पर्सि शनिवार साँझ चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुति हुने संयोजक घिसिङले जानकारी दिए ।

तामाङ जातिको पर्व सोनाम ल्होसार २८६० को अवसरमा सञ्चालित महोत्सव फागुन ५ गते सम्म चल्ने भएको छ । प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति भइरहेको छ ।