धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डा. रोशन कलवारले स्वास्थ्य ऐन नियम उल्लङ्घन गरी प्रतिष्ठानको गेट बाहिर स्वास्थ्य सेवा सञ्चालन गरी मेडिकल व्यापार गर्दै आएका छन् ।

उनले धरान-१८ स्थित चन्द्र बुद्ध बजारमा फागुन २ गते भव्यरूप पूजा आजा गर्दै क्लिनिक उद्घाटन समेत गराएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ ले बिपी प्रतिष्ठानका शिक्षक कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारका वैतनिक र अवैतनिक काम गर्न नहुने गरी बन्देज लगाएको छ ।

डाक्टर कलवारले भने प्रतिष्ठान भित्र एसोसिएट प्रोफेसरको जागिर खादै गेट बाहिर मेडिकलको व्यापार गर्न क्लिनिक खोलेका छन् । उनले बिपीमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा बोलाएर उपचार गर्ने मेडिकल सामाग्री खरिद गर्न लगाउने समेत गरेका छन् ।

बिपी प्रतिष्ठानका डाक्टरहरूले बाहिर कुनै पनि क्लिनिकमा प्राक्टिस गर्न समेत गर्न पाउने छैन भने क्लिनिकहरूमा काम समेत गर्न नपाइने व्यवस्था रहेको छ । क्लिनिक समेत खोल्न नपाउने व्यवस्था रहेको नियम उल्लङ्घन गर्दै डा. कलावरले बिपीको मूल गेट अगाडी नै  स्वास्थ्य क्लिनिक खोलेका छन् ।

कलवारले टाटा डाईगोनेस्टिक क्लिनिकलाई पुनः स्थापित गर्दै सेवा सञ्चालन गरी रहेका छन् । स्थानीय स्वास्थ्य निर्देशिका अनुसार छनौट गरिएको स्थान त्यस्तै प्रकृतिको अस्पताल रहेको स्थानको मूल गेटबाट २०० मिटर दुरी टाढा हुनु पर्ने व्यवस्था रहेको छ ।

अस्पताल सेवा सञ्चालन गरिने भवन नक्सा र डिजाइन भवन ऐन २०५५ को दफा ११ मा भएको व्यवस्था अनुरूप स्वीकृत भएको हुनु पर्ने छ । साथै अस्पताल भवन मापदण्ड भौगोलिक विषमताको आधारमा भवनको हरेक तलाको उचाइ मानव स्वास्थ्य अनुकूल हुनुपर्ने व्यवस्था रहेको छ ।

सामान्यतया कोठाको उचाइ कम्तीमा ३ दशमलव ६ मिटर हुनुपर्ने भएता पनि उक्त क्लिनिक भएको स्थान कम भन्दा कम उचाइमा रहेको र बिरामीले सहज रूप मा हिँडडुल गर्ने व्यवस्था समेत छैन । कुरुवा र भिजिटर्सका लागि आवश्यक पर्ने सवारी पार्किङ समेत छैन ।

स्वास्थ्य सेवा गर्न सञ्चालित क्लिनिकहरू स्वास्थ्य विभाग, घरेलु तथा साना उद्योग, स्थानीय वडा कार्यालयमा दर्ता हुनुपर्ने नियम रहेको छ । डाक्टर कलवारले सञ्चालन गरेको क्लिनिक टाटा डागोनेस्टिकमा सञ्चालक नन्द कुमार सह हुन् । उनी ठगी कसुरमा जेल चलान भएपछि टाटा पूर्ण रूपमा बन्द भएको थियो । ठगिका अभियुक्तको १ वर्ष देखि बन्द क्लिनिक डाक्टर कलवारले पुनः सञ्चालन गरेको हो ।

जेल चलान भएका साहसग कसरी कल्वारको कनेक्सन भयो र सञ्चालन गर्ने जिम्मा प्राप्त गरे सोचनीय रहेको छ । बन्द भएको क्लिनिक सञ्चालन गर्न डाक्टर कलवारले पदको दुरुपयोग गरी बिपीका जेआर प्रयोग गरी क्लिनिक सञ्चालन गरी रहेका छन् ।

डाक्टर कलवार सँग फोन सम्पर्क गर्दा साङ्केतिक र रचनात्मक विरोध स्वरूप बिरामीहरूलाई परामर्श दिइरहेका छौ । बिपी प्रतिष्ठानले डाक्टरहरूलाई

रचनात्मक काम गर्न पाउने छुट दिनु पर्ने माग सहित अस्पताल खोलेको हो भन्दै उनले भने आफू बिपीको डाक्टर मात्र नभएर नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष समेतले विरोध स्वरूप अस्पताल खोलेको बताए ।

उनको नियम विपरीतको कार्य बारे डाक्टर कलवारसँग फोन सम्पर्क गर्दा उनले भने, ‘हामी बिपीका दास होइनौ ।’ नेपालको कानुन भित्र रहेर काम गर्न तयार रहेको बताए पनि उनको भनाइ थियो, ‘ बिपीको एकलौटी सर्त मान्य हुँदैन ।’

बिपी प्रतिष्ठान र डाक्टर दुवै तर्फको सर्त मान्य हुने उनको भनाई छ । बिपीका शिक्षक तथा डाक्टरहरूको बढुवा नभएका कारण आफूहरूलाई व्यक्तिगत घाटासँगै पब्लिकलाई समेत घाटा रहेकोले क्लिनिक खोलेको उनले बताए ।

टाटा डाईगोनेस्टिकमा सञ्चालक नन्द कुमार साह ठगी कसुरमा जेल चलान भएको स्वीकार गर्दै डा. कलवारले भने, ‘टाटा डाईगोनेस्टिक सेन्टर सञ्चालक मिटर व्याजी मुद्दामा जेल चलान भएका हुन्, अदालतको आदेश अनुसार पूर्व पक्षका लागि थुनामा छन् ।’

Dr. Kalwar