धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा स्वतन्त्र विद्यार्थी युनियनले मिनी ओलम्पिक जस्तै वृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

अन्तर सङ्काय बिच हुने खेलकुद प्रतियोगिता फागुन २४ देखि चैत्र ५ गते चल्ने मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा स्वबियु सभापति अभिनव गुरागाईँ आलोकले बताए ।

खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, चाइनिज चेकर, बुद्धिचाल, इ-गेमका प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिताका खेलहरू क्याम्पस परिसरमा हुनेछन् ।

सभापति गुरागाईँका अनुसार प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् । प्रतियोगिता उद्घाटनको अवसरमा त्रिविद्वारा आयोजित कुलपति तथा प्रधानमन्त्री कपमा क्याम्पसका विजेताहरूलाई सम्मान गरिने छ ।