धरान : ग्रामीण क्षेत्रका विपन्न परिवारका ६५ जना विद्यार्थीलाई विजयपुर बचत तथा ऋण सहकारीले शैक्षिक सामग्री वितरण गरेको छ ।

धरान-५ स्थित तल्लो देउराली नमस्ते चोक बसन्तटार स्थित शिक्षा ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बिहीबार प्रदान गरिएको हो ।

विद्यालयमा ११२ जना विद्यार्थी रहेको प्रधानाध्यापक मेनुका सापकोटाले बताइन् । ५ जना महिला शिक्षिकाद्वारा पठन पाठन हुँदै आएको स्कुलमा अधिकांश विद्यार्थी ग्रामीण क्षेत्रका विपन्न परिवारका छन् ।

धरान-१५ दशरथ पथमा २०५८ देखी सञ्चालित विजयपुर बचत तथा ऋण सहकारीले वार्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष नवीन मेन्याङ्बोले बताए ।

उनका अनुसार उक्त स्कुलमा पड्ने धरान-५ तल्लो देउराली नमस्ते चोकका ३३ जना र धरान-४ ३२ जना विद्यार्थीलाई पेन्सिल, अभ्यास पुस्तिका लगायत सामग्री वितरण गरिएको हो ।

bijayapur-sahakari