धरान : उत्तरी चीनको हेबेई प्रान्त स्थित लैङफैङ नगरमा आज बुधवार बिहान एक रेस्टुरेन्टमा विस्फोट हुँदा कैयौँ घाइते भएका छन् ।

घट्नामा मानिसको मृत्यु भयो भएन वा कति जना घाइते भए भन्ने सङ्ख्या आएको छैन । चीनको ‘ग्लोबल टाइम्स’ले तत्काल दिएको समाचारमा त्यहाँ स्थित आवासीय भवनको ग्राउन्ड फ्लोरमा रहेको रेस्टुरेन्टमा विस्फोट भएको जनाएको छ ।

विस्फोट ग्याँस सिलिन्डर पड्केर भएको हुनसक्ने बताइएको छ । चीनको सरकारी समाचार एजेन्सीले पनि दुर्घटनाको भिडियो जारी गरेको बिबिसीले जनाएको छ ।