धरान : धरानका युवाहरूको साङ्गीतिक समूह एजिज ब्यान्ड ‘ब्यहोरा’ नाम म्युजिक भिडियो लिएर किशोर, किशोरी युवाहरूमा आएको छ ।

म्युजिक भिडियो सार्वजनिक गर्दै मङ्गलवार एजिज ब्यान्डले म्युजिक भिडियो ‘लागुऔषध दुव्र्यशन विरुद्ध’ जनचेतना फैलाउने उद्देश्य तयार गरिएको जनायो । 

र्‍याप म्युजिकमा आधारित भिडियोको स्टोरीमा टिनेजरको बानी व्यवहोरालाई धरानको सापेक्षतामा देखाउन खोजिएको छ ।

भोकलिस्ट अजिज लिम्बुले म्युजिक भिडियोले ‘से नो टु ड्रग्स’को सन्देश दिएको बताए । उनका अनुसार म्युजिक भिडियोले टिनेजरलाई सकारात्मक सन्देश दिने छ ।

टिनेजरलाई आफ्नो लाइफ कस्तो बनाउने भन्ने कुरा जीवनमा अनुशासित व्यवहार कसरी देखाउने, लागूऔषधले जीवनलाई कसरी बरबाद बनाउँछ भन्ने सन्देश दिएको उनले  बताए ।

भिडियोमा लिरिक्स र कम्पोजिसन पनि भोकलिस्ट लिम्बुको रहेको छ । म्युजिक एरेजमेन्ट श्रीहाङ राईले गरेका छन् ।

कागज प्रोडक्सनमा निर्माण भएको भिडियोलाई अर्शु श्रेष्ठले निर्देशन गरेका छन् । रुसल श्रेष्ठ, ओनोग्दी तामाङ, अश्विन राई, स्पर्श लिम्बु, निमहाङ लिम्बु, विकास थुलुङ राईको अभिनय रहेको छ ।

भिडियो ब्यान्डको आधिकारिक च्यानल एजिज ब्यान्ड मार्फत सार्वजनिक भएको हो । यसअघि एजिज ब्यान्डको म हराएको छु बोलको गीत दर्शक श्रोता माझ लोकप्रिय छ । ब्यान्डले दर्शक, श्रोता तथा मिडिया हाउसलाई नयाँ भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

aeziz band 2