धरान : भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालयमा बुधवार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा भारतीय कलाकारहरूले शास्त्रीय नृत्य ओडिसी प्रदर्शन गरेका छन् ।

भारतीय राजदूतावासको आयोजनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन । ओडिसी भारतीय सांस्कृतिक सम्पदामा समृद्ध परम्परागत शास्त्रीय नृत्यकलामा मानिन्छ ।

सांस्कृतिक कार्यक्रम २७ मार्चको अवसरमा आयोजना गरिएको हो ।  सांस्कृतिक कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातीको सांस्कृतिक नृत्य साकेला र नेपाली लोकनृत्य प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए । उनले धरान लाहुरेहरूको शहर भएको बताउँदै भने ‘लाहुरेको आयआर्जन विदेशी मुद्राले देश बिकाससगै आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।’

नेपालमा आधुनिकताको पहिलो जननी धरान रहेको बताए । धरान आधुनिक शहर सँगै विविध जातीय संस्कार, सस्कृती, धर्मको उदाहरणीय सगम स्थल धरान नेपालको सहरहरू मध्ये सबैभन्दा पहिला  पश्चिमी आधुनिकताको प्रत्यक्ष असर पर्ने शहर भएको बताए ।

उनले नेपाल-भारत सम्बन्ध सीमाले छुट्टिए पनि रगत र मुटुमा बाँधिएको बताउँदै भने ‘रगतमा बाँधिएको सम्बन्धलाई सिमानाले अलग्याउन सक्दैन ।’

मुख्यमन्त्री कार्कीले नेपालको सांस्कृतिक सम्पदा धान नाच, साकेला पनि भारतीय शहरहरुमा प्रदर्शन गर्ने वातावरण मिलाउन भारतीय राजदूतावासलाई आग्रह गर्दै यसले दुई देशको सम्बन्धमा भावनात्मक एकतालाई बलियो बनाउने जिकिर गरे ।

सांस्कृतिक कार्यक्रममा भारतीय राजदूतावासका राजनीतिक विभागका प्रथम सचिव प्रिया दर्शणी आरले नेपालमा भारतीय सांस्कृतिक नृत्य कलालाई माया र सद्भावको दृष्टिकोणले हेरिने भएको हुनाले सांस्कृतिक नृत्य कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री अशोक राई, प्रदेश सरकारका वन तथा पर्यटन वातावरण मन्त्री गणेश प्रसाद उप्रेती, प्रदेश सांसदद्वय विजय कुमार राई, रमेश बस्नेत, धरान उपनगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक लगायत अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमको सभापतित्व  भारतीय राजदुताबास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले गरेका थिए । उनले नेपाल सरकार भारतीय भूपूहरू प्रति भारत सरकार सधैँ सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरे ।

Nepali-Cultural-dance-2