धरान : अमेरिकाको व्यस्त शहर न्युयोर्कमा हिजो शुक्रवार गएको भूकम्पमा त्यहाँको विश्व प्रसिद्ध स्ट्याचु अफ लिबर्टी ‘स्वतन्त्रताकी देवी’को प्रतिमा हल्लिएको भिडियो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिमासँगै गगनचुम्बी भवनहरू हल्लिएको भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको भएको बताइएको छ । न्यु जर्सी नजिक आएको भूकम्पको झट्का पेन्सिल्वेनिया देखी कनेक्टिकत सम्म महसुस गरिएको बीबीसीले जनाएको छ ।

भूकम्प लगत्तै ६ पटक ४ रेक्टर स्केल सम्मको पराकम्प गएको सरकारी अधिकारीहरूले बताएका छन् । भूकम्पबाट कति क्षति भयो भन्ने विवरण आएको छैन ।

भूकम्पले न्युयोर्क सिटी र न्यु जर्सीको भवनहरू क्षतिग्रस्त भएको तर भूकम्प गए पनि अमेरिकाको इस्ट कोष्ट इलाका सुरक्षित रहेको बताइएको छ । उक्त क्षेत्रमा १४० वर्ष पछि पहिलो पटक भइचाले गएको हो ।

भूगर्भ विभागका अनुसार यहाँ लाखौँ वर्ष अघि टेक्टोनि प्लेट सक्रिय थियो । पछिल्लो समय निष्क्रिय रहेको उक्त प्लेट फेरी सक्रिय भएको अनुमान गरिएको छ ।