धरान : भारतीय राज्य छत्तिसगढको दुर्ग जिल्ला कुम्हारी गाउँ नजिक मजदुरहरू लैजाँदै गरेको बस हिजो मङ्गलवार भारतीय समय साढे ८ बजे राती खाल्डोमा खस्दा १४ जनाको मृत्यु भएको छ ।

घट्नामा १५ जना घाइते भएका छन् ।

बसमा निजी कम्पनीका कर्मचारी मजदुरहरू थिए । बस खपरी गाउँ नजिक पुगेपछि अनियन्त्रित भएर दुर्घटना भएको हो । बिबिसीले स्थानिय पत्रकारलाई उद्धृत गर्दै बस ४० फुट गहिरो खादनमा खसेको समाचारमा उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र छत्तीसगढका मुख्यमन्त्री विष्णु देव सायले घट्ना प्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्ती, शोकाकुल परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।