धरान : डेनमार्ककी प्रधानमन्त्री मेते फ्रेडरिक्सन माथि शुक्रवार राजधानी कोपनहेगनको सडक बिचमै हमला भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्यभाग स्थित एक चौकमा एक व्यक्ति सिधै प्रधानमन्त्रीको अगाडि आएर एक्कासि उनलाई हिर्काएर हिँड्यो । हमला गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ ‘शुक्रवार प्रधानमन्त्री मेते फ्रेडरिक्सनलाई कोपनहेगनको कुल्टोवेटमा एक व्यक्तिले मारपिट गरेको छ । हमलावरलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री यस घट्नाबाट क्षुब्ध बनेकी छन् ।’
प्रहरीले हमलावरलाई सोधपुछ गरिरहेको छ तर हमला गर्नको कारण खुलेको छैन ।  घट्नाको भर्त्सना गर्दै कोपेनहेगन स्थित युरोपियन कमिस्नर उर्सुला वाँन डेर लेयेनले यस्लाई ‘नीच व्यवहार’ भएको बताएकी छन् ।
उनले ‘यो घटना युरोपका आम जनताले लडाई गरेर पाएको सबै कुराप्रतिको विश्वासकै विरुद्धमा यो घटना भएको’ बताएकी छन् ।