धरान : नेपाली काँग्रेसले समुदायसँग जितिया पर्व मनाएको छ । सुनसरीले बक्लौरीमा रामधुनी-७ र ८ वडाका समुदायको सहभागितामा तीज तथा जितिया पर्व सम्पन्न गरिएको हो ।

सङ्गिनी खेल्ने, आमाछोरी गीति नाटक, नृत्य प्रतियोगिता तथा जितिया पर्वको संस्कृतिका मौलिक गीत नृत्य प्रस्तुति सहित हाँडी फुटाउने, आइक्यु टेष्ट प्रतियोगीयता भएको थियो ।नृत्य प्रतियोगितामा रामधुनी ६ की अरुणा परियार प्रथम, रामधुनी ६ की अरुणा तामाङ दोस्रो र रामधुनी ७ की रमिता चौधरी तेस्रो भएकी थिइन । रामधुनी-७ की विष्णु राई र दीक्षा मालीले सान्त्वना पुरस्कार पाइन् ।

रामधुनी-६ की कमलाले गुरुङ वेष्ट ड्रेस उपाधि पाइन् । घैला फुटाउनेमा रामधुनी ७ की रितिशा चौधरी र आई क्यूमा रामधुनी-७ की मञ्जु चौधरी विजयी भइन् । उनीहरूलाई साडी, रिचार्ड कार्ड र नगद पुरस्कार प्रदान गरियो ।

निर्णायक प्रदेश सांसद ममता तामाङ, रमिना सुब्बा गुरुङ र हिना गुरुङ राई थिए । सुनसरी-१ काँग्रेस क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व अध्यक्ष सुजेन्द्र तामाङले गरेका थिए ।

प्रमुख अतिथि काँग्रेस सुनसरी जिल्ला सभापति, इनरुवा नगर प्रमुख केदार भण्डारी थिए ।