धरान : म्यानमारमा आएको शुक्रवार आएको आँधीसँगै आएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 'यागी' नाम दिइएको आँधीपछि आएको बाढीमा परेर कम्तीमा पनि ३० हजार जना बेघरबार भएका छन् ।

बाढीबाट प्रभावित पीडितहरूको उद्धार र राहतका लागि म्यानमार सत्तारुढ सैनिक जुन्टा सरकारले अन्तर्राष्ट्रिय क्षेत्र सँग सहयोगको अपिल गरेको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले जनाए अनुसार राजधानी नाएपाइडो बाढीबाट प्रभावित सबै भन्दा बढी प्रभावित क्षेत्र मध्ये एक हो । बाढीबाट अहिले सम्म ३३ जनाको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

म्यानमारको सरकारी दैनिक 'न्यु लाइट अफ म्यानमार'मा उल्लेख भए अनुसार बेघरबार बाढी पीडितहरूका लागि अस्थायी राहत शिविर बनाइएको छ । म्यानमारमा आएको यो 'यागी टाइफुन' यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

यसले भियतनाम, चिनिया टापु हेनान र फिलिपिन्स सम्मलाई असर पुर्‍याएको म्यानमारको सरकारी मिडियाले जनाएको छ । जुंन्टा सैनिक सरकार प्रमुख जनरल मिनआंङ हलाइङ सहित सरकारी टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको बताइएको छ ।