धरान : भारतीय राजधानी राज्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जेलबाट धरौटीमा मुक्त भएर बाहिरिए लगत्तै पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बीबीसीका अनुसार उनले पार्टी कार्यकताहरुलाई सम्बोधन गर्दै उनले २ दिन पछि राजीनामा दिने बताए ।
उनले जब सम्म जनताले आफ्नो फैसला दिँदैन तब सम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने घोषणा पनि गरे । केजरीवालले दिल्लीको आउँदो चुनावमा जनताले उनको आम आदमी पार्टीलाई पुनः जिताएपछि मात्र पुनः मुख्यमन्त्रीको जिम्मेवारी लिने बताएका हुन ।
उनले भने ‘जब रामजी १४ साल वनवास बसेर फर्किएपछि सिताजीले पनि अग्नि परीक्षा दिनु परेको थियो, म पनि जनता सामु अग्नि परीक्षा दिनका लागि तयार छु ।’
केजरीवालले सत्तारुढ दल भारतीय जनता पार्टीले चुनाव हारेको राज्यमा मुख्यमन्त्रीहरूलाई झुटा मुद्दा लगाएर जेलमा हाल्ने र पार्टी फुटाउने फर्मुला बनाएको आरोप लगाए । बिजेपीले केन्द्रीय सरकार मातहतको जाँचबुझ निकाय ईडी र सीबीआई दुरुपयोग गरेर धम्की दिने जेल समेत पठाउने गरेको उनको आरोप छ ।
मुख्यमन्त्री केजरीवालले भने ‘देशका सबै गैरविजेपी मुख्यमन्त्रीहरूलाई मेरो अपिल छ, यदि बिजेपीले तपाईँलाई जेल पठायो भने राजीनामा नदिनुहोस्, जेलबाटै सरकार चलाउनु होस ।’ उनले सुनवाइका लागि पक्राउ गरेर जेलमा थुने पनि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिएनन् ।
दिल्लीको विधानसभा चुनाव आउँदो वर्ष फेब्रुअरीमा हुँदैछ । केजरीवालले भने ‘यो चुनाव नोभेम्बरमा महाराष्ट्रको चुनावसँगै गराइयोस् भन्ने मेरो माग छ ।’
दुई/तिन दिन भित्रै पार्टी विधायक दलको बैठकमा नयाँ मुख्यमन्त्रीको नाम चयन गरिने बताउँदै । केजरीवालले पार्टीका अर्का नेता मनीष सिसोदिया र आफू दुवै आउँदो चुनाव जितेर मात्र पदमा फर्किने बताए । केजरीवाल सँगै मन्त्री सिसोदियालाई पनि ‘सराब घोटाला’ मुद्दामा पक्राउ गरी सुनवाइका लागि भन्दै जेल चलान गरिएको थियो ।


































































