धरान : अर्जेन्टिनाका चर्चित गायक लियाम पेनको बुधवार राजधानी व्युनस आयर्स स्थित एक होटेलको ३ तला माथि खसेर मृत्यु भएको छ ।

पाप बैण्ड वन डाइरेक्सनसंग आबद्ध गायक लियाम ३१ वर्षका थिए । प्रहरीले जनाए अनुसार व्युनस आयर्सको पालेर्मो नजिक पाश इलाकाबाट दुर्घटनाको सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ लियाम पेनको शव भेटिएको बीबीसीको समाचारमा उल्लेख छ ।

लियाम पेन सन २०१० मा एक्स फ्याक्टर टिभी शोमा प्रस्तुत बाँयबैण्डबाट निकै चर्चामा आए । समूहमा हैरी स्ताइन्स, लइस टामलिसन, नियाल होरान, जैन मलिक लगायत कालाकारहरू थिए ।

यसै महिनाको सुरुआतमा उनले पूर्व वन डाइरेक्सन व्याण्ड मेट नियाल हारानको अर्जेन्टीना कन्सर्टमा प्रस्तुति दिएका थिए ।

व्युनस आयर्स प्रहरी अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानमा लियान पेनले लागुऔषध र मादक पदार्थ सेवन गरेको अनुमान गरिएको छ ।

आकस्मिक चिकित्सा सेवा निर्देशक अल्बर्टो क्रिसेन्टीले स्थानीय मिडियालाई बनाए अनुसार पेनलाई गम्भीर चोट लागेको पाइएको छ । उनको शव परीक्षणपछि तथ्य सार्वजनिक गरिने बताइएको छ ।

लियाम पेनको मृत्युको खबर फैलने बित्तिकै उनका फ्यानहरूको ठुलो भिड होटेल बाहिर जम्मा भएको थियो । भीडका कारण प्रहरीले घटनास्थललाई घेराबन्दी गर्नु परेको थियो ।