धरान : विश्वमा सबैभन्दा उदार, पारदर्शी लोकतन्त्र मानिएको शक्तिशाली देश अमेरिकामा चुनावमा पैसाकै भूमिका ठुलो हुने साबित गर्न प्रचार अभियान थालिएको छ ।

अमेरिकी न्याय विभागले त्यस्तो प्रचार अभियान रोक्न पत्र दिए पनि यसले लोकतान्त्रिक पद्धतिमा निर्वाचन भनेको व्यापार हो भन्ने साबित गर्न खोजेको छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचारमा अर्बपति व्यापारी एलन मस्कको संस्था जस्टिस डिपार्टमेन्टले प्रत्येक दिन १० जना मतदातालाई १० लाख डलर नगद पुरस्कार दिने लटरी कार्यक्रम सुरु गरेका छन् ।

उक्त कार्यक्रम अनुसार ७ स्विंग राज्यका दर्तावाला मतदाताले एउटा निवेदन लेखेर दिनु पर्छ । त्यसरी निवेदन दिनेहरू मध्ये प्रत्येक दिन खोलिने लटरीमा १ जनाले नै १० लाख डलर पुरस्कार पाउँछन् ।

मतदातालाई नगद बाँड्ने उक्त योजनाले कानुनको उल्लङ्घन गरेको भनी अमेरिकी न्याय विभागले बुधवार एलन मस्कको चुनावी अभियान अमेरिका पीएसीलाई पत्र लेखेको बीबीसीले समाचार दिएको छ ।

अमेरिकी कानुनविदहरुले उक्त योजना प्रचारमा आउनु अघि नै मतदातालाई प्रभावित गर्ने योजना गैरकानुनी हुने बताएका थिए ।

यसैबिच प्रचार अभियानले सुरु गरेको हो । लटरीको पहिलो पुरस्कारको चेक अक्टुवर १९ तरिखका दिन पेनसिल्वेनिया राज्यमा आयोजित कार्यक्रमका विच एक मतदातालाई दिइएको थियो ।