धरान : पूर्वाञ्चल ईन्जीयरीङ क्याम्पस धरानमा हार्वर्ड युनिभर्सिटीमा अध्ययन अध्यायपन हुने आर्टिफिसीयल इन्टलिजेन्स सम्बद्ध ‘सिएस ५० एआई’ पाठ्यक्रम पढाई हुने भएको छ ।
क्याम्पसको इलेकट्रिकल कम्युनिकेसन विषयका विद्यार्थीहरूको संस्था एक्ससिसले शनिवार क्याम्पसमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
कार्यक्रम संयोजक सुवर्ण प्याकुरेलले भने ‘हार्वर्ड युनिभर्सिटीमा अध्यापन हुने प्रसिद्ध पाठ्यक्रम ईन्टुडियुस टु आर्टिफिसियल ईन्टेलीजेन्स ‘सिएस ५० एआई’ कोर्स पडाई हुने भएको हो ।’ पाठ्यक्रमको नेपाली संस्करण नेपालमै पहिलो पटक धरानमा पुस ७ गते देखी पठनपाठन सुरु हुने उनले बताए ।
भोली आइतबारको कक्षा देखि सुरु हुने ‘सिएस ५० एआई’ कोर्समा कोशी प्रदेशका ६० जना विद्यार्थीहरू सहभागी हुनेछन् । शैक्षिक र प्राविधिक क्षेत्रलाई नयाँ गतिमा लैजान १ महिना सम्म कलेजमा अध्यापन हुनेछ ।
उक्त पाठ्यक्रमको पठन पाठनमा कलेजका एआई प्रधानाध्यापक र एआई इन्डस्ट्री क्षेत्रमा उत्कृष्ट एआईहरूले प्रशिक्षण दिने संयोजक प्याकुरेलले बताए । उनले भने ‘नेपाली संस्करणमा ६ हप्ता सम्म विद्यार्थीहरू स्वयंको उपस्थितिमा कक्षा सञ्चालन हुनेछ ।’
‘सिएस ५० एआई’ कोर्सको पूर्वाञ्चल क्याम्पस धरानमा पहिलो भएकाले ऐतिहासिक सुरुवात मानिएको छ । प्रदेशमा पहिलो पटक पढाई सुरु भएको यो कोर्षको दोस्रो संस्करण हो । सिएस ५० एक्स एआई कोर्स पहिलो संस्करणमा गत वर्ष ३० जना विद्यार्थीहरू सहभागी थिए ।
उनीहरूले कम्प्युटर विज्ञानमा आएको एआईको आधारभूत ज्ञान लिएका थिए । पूर्वाञ्चल क्याम्पस र ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी (एक्सीस)को सहकार्यमा उक्त कोर्स पढाई हुने भएको हो ।
कोर्सले विद्यार्थीहरूलाई एआईको बारेमा प्रयोगात्मक कक्षा मार्फत नयाँ ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्नेछ । कम्प्युटर सफ्टवेयरको संसार तीव्र रूपमा विकसित भएसँगै आएको युगान्तकारी परिवर्तनमा एआईको प्रयोग नवीन प्रविधि बनेको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































