धरान : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १ सय वर्षको उमेरमा आज आइतबार निधन भएको छ ।
सन १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपति रहेका कार्टर मानव अधिकार, शान्ति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारक लागि क्रियाशील थिए । उनलाई सन् २००२ सालमा विश्व शान्तिकाल लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
कार्टरले नेपालको दुई पटक भ्रमण गरेका थिए । नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय छ । उनी नेपालको प्राकृतिक सम्पदा,  सांस्कृतिक विविधताका प्रशंसक थिए । उनको कार्टर सेन्टरले नेपालको चुनावी पर्यवेक्षण गरेको थियो ।
उनको जर्जिया स्थित निवासमा निधन भएको हो । कार्टर अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी उमेर बाँच्ने राष्ट्रपति थिए । (एजेन्सी)