इटहरी : एक अपरिचित नम्बरबाट बम राखेको जानकारी आएको प्रहरीले जानकारी दिएको छ । सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार धरान, इटहरी र इटहरीको बुढी खोलाको पुलमा बम राखेको जानकारी भए बमोजिम खोजतलास गरिएको हो । 
कसले र कुन नियतमा बम राख्यो भन्ने अनुसन्धान भइरहेको बताउँदै उनले इटहरी बाहेक अन्यत्र जोखिम नरहेको बताए । इटहरीमा रहेको बम डिस्पोज भइसकेको हुँदा निर्धक्क हुन उनले आग्रह गरेका छन् ।
itahari-bumb