धरान : एलाइनेट जिमको २२ औ आयोजनामा  छैटौँ  ‘मिस्टर कोशी’ खुल्ला बडि बिल्डिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । एलाइनेट जिमको २२ औँ आयोजनामा हुने प्रतियोगिता यही चैत्र २२ र २३ गते हुने  सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लिम्बूले बताए ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना बडि बिल्डरहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने छ 

फाइनल चरणका विजेतालाई छैटौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने भएको छ । विजेताले नगद १ लाख २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० हजार  र पाँचौले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका विधागत पुरस्कार वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता धरान-१३ अमरहाट स्थित अमर सेवा समाजको सामुदायिक भवनमा हुने बताइएको छ । 

गत: वर्षका विजेता पाँचौँ मिस्टर कोशीको उपाधि भिजन फिटनेस धरानका विनोद कुमार नेपालीले चुमेका थिए । पत्रकार सम्मेलनमा कोशी प्रदेश शारीरिक सुगठन सङ्घका अध्यक्ष केशव श्रेष्ठ, ऋषिराज राई, पूर्व मिस्टर कोशी सन्दीप गिरि, पूर्व मिस्टर धरान कविरभगत प्रधानाङ्ग लगायतको उपस्थिति रहेको थियो ।