इटहरी : नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले 'नो केबलकार' आन्दोलन समाधान गर्न नयाँ प्रस्ताव गरेका छन् । नेपाली काँग्रेस प्रचारप्रसार विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यमार्गी बाटो अपनाउनुपर्ने बताएका हुन् ।
काँग्रेस महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आङ्देम्बेले संवाद र छलफलबाट समस्या समाधान गर्न आग्रह गरे । महामन्त्री थापालाई आग्रह गर्दै उनले मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको प्रस्ताव गरेका हुन् ।
ताप्लेजुङमा भइरहेको आन्दोलनलाई सानो र कमजोर रूपमा नलिन आग्रह गर्दै उनले त्यस विषयमा काँग्रेसले आधिकारिक धारणा दिनुपर्ने बताए । सहअस्तित्व र पहिचानको कुरा मानवको अस्तित्व र आस्था सँग जोडिएको हुँदा त्यसतर्फ गम्भीर हुन सुझाव दिएका हुन् । कर्मचारीको नेतृत्वमा कामचलाउ समिति बनाएर वार्ता नहुने बताएका उनले शक्तिशाली समितिको माग गरेका हुन् ।